ज्यो धर्मानन्द पाैडेलका कविता
(काशीनाथ पौडेलका एकमात्र पुत्र थिए कर्णाखर । कर्णाखरका पाँच छोरा र चार छोरी थिए । कर्णाखरका पाँच छोरामध्ये जेठा नारद (१९४१–१९९५)का माहिला पुत्र थिए ज्यो. पं. धर्मानन्द उपाध्याय पौडेल (१९६५–२०२०) । उनी ताप्लेजुङको ढुङ्गेसाँगु गाउँमा जन्मेका थिए । पछि झापाको शनिश्चरेनेरको सेतीपानीमा त्यस परिवारको बसाइ सराइ भयो । यसबीच उनी बर्मादेश पुगी केही समय बसेका पनि थिए । यिनै ज्यो. पं. धर्मानन्द पौडेल हाम्रो कुलवंशको ढुङ्गेसाँगुपट्टिको हाँगाका प्रथम शक्तिशाली कवि हुन््् । उनले अनेक विषयमा कविता रचेका थिए । खासगरी पारिवारिक झमेला, सामाजिक अन्धविश्वास, ईश्वरभक्ति, राजनीतिक उत्पीडन र भौगोलिक विकटतामाथि उनका कविता शक्तिशाली थिए । यीबाहेक उनका अन्य धेरै फुटकर रचना थिए । उनले सात सालको विप्लवको समयमा पूर्वी पहाडमा बाहुन–छेत्रीमाथि लिम्बूहरूको अत्याचार, आक्रमण, मानवीय एवम् भौतिक संहारको घटनालाई हृदयस्पर्शी ढङ्गले कवितामा बयान गरेका थिए । ती कविताहरु घरघरमा गाइन्थे । तर आज हाम्रो लापर्बाहीका कारण ती सबै रचना हराए, नासिए र लोप भए । उनका छोरा मेदिनीप्रसादको सुरक्षामा रहेका केही कविता मेरो हातमा परेका छन...